10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

बाँके प्रशासनले सेवाग्राहीको निःशुल्क अनलाइन फाराम भरिदिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०८०  

नेपालगन्ज ।

जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको अनलाइन फाराम कार्यालय परिसरभित्रै कर्मचारीहरूबाट निःशुल्क रूपमा भरिदिने व्यवस्था मिलाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँकेका सेवाग्राहीले सोझै आफ्नो प्रमाण लिएर प्रशासन कार्यालयको सम्बन्धित फाँटमा सम्पर्क राख्नुपर्नेछ । ‘फाराम भर्नका लागि कहीँकतै भौँतारिनु पर्दैन, सिधै सिडिओ अफिस आउनुस्,’ उनले भने ।

राहदानीको अनलाइन फाराम कार्यालयले नै निःशुल्क भरिदिने र भरेकै दिन फोटो समेत खिचिदिने उनले बताए । ‘अब कुनै समय बुक गर्नु र फाराम भरेको पैसा तिर्नुपर्दैन, एकै दिनमा सेवा पाउनुहुनेछ, राजस्व मात्र तिर्नुपर्छ,’ प्रजिअ पोखरेलले भने ।

राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम भर्दा एक रुपैयाँ पनि खर्च नलाग्ने उनले जानकारी दिएका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०८०     10:13:13 AM  |