23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

कोहलपुर वडा नम्बर १ द्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०  

बाँके ।

नेपालीहरूका विभिन्न चाडपर्वहरूको अवसरमा कोहलपुर नगरपालिका– १ ले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

बडादसैं, दिपावली, नेपाल संवत् ११४४ र छठ पर्व २०८० को अवसरमा वडा कार्यालयले शनिबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगीता सुवेदी, निवर्तमान वडाध्यक्ष तथा सदस्यहरू, जनप्रनिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको वडाध्यक्ष बद्री प्रसाद जैसीले जानकारी
दिए ।

सो अवसरमा वडा कार्यालयले विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने सहभागीहरूले आपसी सद्भाव कायम गरेर चाडपर्वहरू मनाउनुपर्ने बताएका थिए ।

केही दिनअघि मात्र कोहलपुर वडा नम्बर २ ले बडादसैं, दिपावली, नेपाल संवत् ११४४ र छठ पर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०     12:11:28 PM  |