नेपालगन्ज ।
नयाँ नोट लिन नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयमा थामिनसक्नु भीड लागेको छ ।
विगतको जस्तो सबै बैंकले नयाँ नोट दिन पाएका छैनन् । जसको प्रत्यक्ष प्रभाव राष्ट्र बैंकको नेपालगन्ज कार्यालयमा देखिएको छ । नयाँ नोट वितरण गर्न सुरु गरेदेखि नै यहाँ दैनिकजसो थामिनसक्नु भीड लागेको छ ।
दसैँका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकले दसैँ–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूलाई भने उनीहरूको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्