8 September 2024  |   आइतवार, भदौ २३, २०८१

कोहलपुर २ मा खानेपानी समस्या समाधानका लागि छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०  

बाँके ।

कोहलपुर नगरपालिका–२ मा खानेपानीको समस्या समाधानका लागि छलफल गरिएको छ । वडा कार्यालयमा बुधबार खानेपानीको समस्या समाधानका लागि छलफल गरिएको हो ।

वडाध्यक्ष हरिसिंह कठायतले वडा कार्यालयमै कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसाल, सदस्य आशा घर्तीमगरलगायतसँग छलफल गरेका हुन् ।

वडाका विभिन्न टोलहरूमा खानेपानीको समस्या समाधान र खानेपानीका पाइप विस्तारका लागि छलफल गरिएको वडाध्यक्ष कठायतले मिसन टुडेलाई जानकारी दिए । हाल भएका धाराहरूमा नियमित पानी आउने व्यवस्था मिलाउने र बाँकी स्थानमा पाइप विस्तार गर्नेबारेमा गहन छलफल गरिएको उनले बताए ।

सो अवसरमा उपभोक्ता संस्थाका अध्यक्ष भुसालले वडाका सबै नागरिकलाई खानेपानीको पहुँच पु¥याउनेगरी काम भइरहेको जानकारी गराएका थिए । ‘कोहलपुरमा खानेपानीको समस्या समाधान हुनेगरी हामी निर्वाचित भएर आएदेखि नै लागिपरेका छौं,’ उनले भने, ‘वडा नम्बर २ मा समेत खानेपानीको पहुँच प्रभावकारी बनाउन जोड दिइएको छ ।’

प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०     8:02:37 AM  |