कोहलपुरमा टिप्परको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु



बाँके ।

पूर्व पश्चिम राजमार्गको कोहलपुर नगरपालिका– १२ चप्परगौडीमा टिप्परको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते वृद्धको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैजनाथ गाउँपालिका– ४ तिलकपुर बस्ने ७० वर्षीय पतिराम थारू रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

साइकलमा सवार उनीलाई कोहलपुरबाट ढकेरीतर्फ भइरहेको भे १ का २०२९ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार