नरैनापुर र खजुरामा आज सार्वजनिक बिदा



बाँके ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर र खजुरा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

बुधबार एक सूचना जारी गरेर दुबै गाउँपालिकाले मोहम्मद डे को अवसरमा सार्वजनिक बिदा दिएका हुन् । विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि नरैनापुरमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

खजुरा गाउँपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजानिक बिदा दिएको गाउँपालिका अध्यक्ष डम्मर विक (तुफान)ले जानकारी दिए ।

नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ आज धुमधामका साथ मनाउँदैछन् । लुम्बिनी प्रदेश सरकारले भने आज मुस्लिम समुदायलाई मात्र बिदा दिएको छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार