बाँके ।
कामको सिलसिलामा भारतमा पु¥याइएका सुर्खेतका दुई युवतीको उद्धार गरेर नेपाल ल्याइएको छ । सुर्खेतका १८ र २३ वर्षीया युवती भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेर शनिबार नेपाल ल्याइएको हो ।
उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पु¥याइएको पाइएको केआईएन इन्डियाका नेपाल संयोजक इन्द्रराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार तीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न गराइएको युवतीहरूले बताएको संयोजक भट्टराईले बताए ।
यौन व्यवसायमा संग्लन गराउने व्यक्तिले भागे प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि आफूहरू बाध्यतामा परेको उद्धार गरेर ल्याइएका युवतीहरूले दुखेसो पोखेका छन् ।
केआईएन इन्डियाले गोप्य सूचना प्राप्त गरेपछि नेपाली दूतावास, महिला मन्त्रालयको पहलमा उनीहरूको उद्धार गरिएको संयोजक भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्