‘हर मोडमा उमंग’ स्कीममा नकिन्दै १ लाख र किन्दा नगद ५ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै, हरेक महिना लक्की ड्रमार्फत शतप्रतिशत ‘क्याश ब्याक’ पनि पाउन सक्नेछन् । स्कीम अवधि भर मोटरसाइकल वा स्कुटर किन्ने एक भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा १० लाख रुपैयाँ नगद पुरस्कार पाउँनेछन् ।
बाँके ।
कोहलपुरका लागि टीभीएसको आधिकारिक वितरक पानस अटो मोटिभ्सले ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ आयोजना गरेको छ । आइतबारदेखि कोहलपुरको न्यूरोडस्थित खुला मैदानमा टीभीएसको आधिकारिक वितरक पानस अटो मोटिभ्सले ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ आयोजना गरेको हो ।
‘च्याम्पियन्स एक्सचेन्ज मेला’ असोज १२ गतेसम्म चल्ने पानस अटो मोटिभ्सका सञ्चालक मनप्रसाद आचार्यले मिसन टुडेलाई जानकारी दिए । यसअघि नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले काठमाडौंमा समेत ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ आयोजना गरिसकेको छ ।
काठमाडौंमा असोज १ गतेदेखि ६ गतेसम्म ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ आयोजना गरिएको थियो । मेलामा आउने ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने कोहलपुरका लागि टीभीएसको आधिकारिक वितरक पानस अटो मोटिभ्सले जनाएको छ ।
यस मेलामा आएर पुरानो बाइक वा स्कुटरसँग टीभीएसका नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा बजार मुल्याङ्कन भन्दा १० हजार रुपैयाँ बढी मूल्य पाउनेछन् । दसैं, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राखेर कम्पनीले ल्याएको चाडपर्व स्कीम ‘हर मोडमा उमंग’ योजनाका सबै सुविधा पाउने सञ्चालक आचार्यले जानकारी दिए ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ स्कीममा नकिन्दै १ लाख र किन्दा नगद ५ लाख रुपैयाँसम्मको नगद छुट पाउने स्कीम ल्याएको छ ।
साथै, हरेक महिना लक्की ड्रमार्फत शतप्रतिशत ‘क्याश ब्याक’ पनि पाउन सक्नेछन् । स्कीम अवधि भर मोटरसाइकल वा स्कुटर किन्ने एक भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा १० लाख रुपैयाँ नगद पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।
यस योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदर स्कीम पनि उपलब्ध छ ।
नयाँ मोटरसाइकल किन्ने ग्राहकले हेलमेट, बाइक कभर र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । यीबाहेक पनी टीभीएसका मोटरसाइकल र स्कुटर खरिदमा धेरै अफरहरू रहेको पानस अटो मोटिभ्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्