मधुर पौडेल । बाँसगढी ।
बाँसगढी नगरपालिकाभित्रका भूपू तथा बहालवाला सैनिकका परिवारलाई अचार बनाउने व्यावसायिक तालिम दिइएको छ ।
नेपाली सेना कल्याणकारी बोर्ड र श्री हिताधिकारी कल्याण केन्द्र लुम्बिनी प्रदेश बाँकेको आयोजनामा उनीहरूलाई ६ दिने अचार बनाउने तालिम दिइएको हो ।
तालिम समापनका अवसरमा अवकाशप्राप्त प्रमुख महासेनानी इन्द्रबहादुर शाहले समुदायमा रहेका भूपू तथा बहालवाला सेनाका परिवारलाई पेसा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
२८ जना महिला तथा २ जना पुरुषले सो तालिम लिएको कार्यक्रमका अध्यक्ष राष्ट्रिय भूपू सैनिक संघ बर्दिया बासगढी एकाई समितिका सभापति ध्रुवकुमार शाहले जानकारी दिए ।
स्थानीय उत्पादन आँप, गाजर, काँक्रा, मुला, कागती, लसुन, खुर्सानीलगायतबाट अचार बनाउने तालिम दिइएको प्रशिक्षक मेघराज पुनले बताए । तालिममा विभिन्न खालका मसलाको प्रयोग र अचारका लागि कटान गर्ने तरिका बारेमा सिकाइएको तालिममा सहभागीहरूले बताए । त्यस्तै, अचारको गुणस्तरीयता र कानुनी प्रक्रियाका बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो ।
तालिमको समापनमा बाँसगढी नगरपालिकाका–५ का वडाध्यक्ष दहवा थारूले गरेका थिए । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष थारूले तालिम लिएर सफल उद्यमी बन्न सहभागीहरूलाई सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्