डेंगीका कारण एक किशोरीको मृत्यु



कैलाली ।

दार्चुलामा डेंगी संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।

महाकाली नगरपालिका–९ की १४ वर्षीया किशोरी जेलिना चैसिरको मृत्यु भएको हो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि उनलाई भारतको हलद्वानी लगिएको थियो ।

उनको उपचार क्रममा शनिबार हलद्वानीमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगतमा तराईका जिल्लामा मात्रै देखिने डेंगी पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखा पर्न थालेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार