बाँकेका इट्टा उद्योगमा बालश्रमिक राख्न निषेध



नेपालगन्ज ।

बाँकेका इट्टा उद्योगमा बालश्रमिक राख्न निषेध गरिएको छ ।

श्रमिक बाबुआमासँगै आउने बालबालिकाको हेरचाहका लागि पनि विशेष ख्याल गर्नुपर्ने आवाज उठेको छ । यिनै आवाज उठेपछि अन्र्तराष्ट्रिय श्रम संगठनको समन्वयमा स्वंय इट्टा उद्योग संघले पहल गरिरहेको कार्यालय सचिव सूर्य पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले पनि इट्टा उद्योगमा बालश्रमिकलाई राख्न गरिएको छैन तर अभिभावकसँगै आउने बालबालिकाहरु उद्योगहरु देखा पर्छन् । उनीहरुलाई पनि चाइल्ड केयर सेन्टर जस्तो बनाएर हेरचाह गर्नुपर्ने आवाज उठेको छ । नेपालगन्ज–१३ स्थित अमन इट्टा उद्योगलाई बालश्रम मुक्त गरिएको छ ।

सञ्चालक पप्पु जसगढले सरोकारवाला निकायसँग समन्वय गरेर आफ्नो उद्योगलाई बालश्रम मुक्त घोषणा गरेका हुन् । बालअधिकारका अभियानता साहिल अन्सारीले बालश्रम अहिले पनि लगाउने काम भइरहेको बताए ।

उनले बालश्रम बिरुद्ध कानून बने पनि कार्यान्वयन प्रभावकारी नभएको बताए । ‘पढ्ने, खेल्ने उमेरमा काममा लगाएर न बालबालिकाको भविष्य सुध्रिन्छ नत देशकै भविष्य सुध्रिन्छ ।’– अन्सारीले भने ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार