नेपालगन्ज उ.वा. संघः महासचिवको मतगणना फेरी स¥यो



नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघको गत शनिबार सम्पन्न निर्वाचनको अन्य सबै पदहरुको मतपरिणाम आइसकेको छ तर महासचिवको विवाद मत्थर हुन सकेको छैन । निर्वाचन समिति अनिर्णयको बन्दी बनेका कारण निर्वाचन भएको तीन दिन बित्दा समेत संघको सबै मतपरिणाम आउन नसकेको हो ।

विवाद बढ्दै गएपछि पहिलो पटक पुन मतगणनाको समय मंगलबार बिहान ८ बजे कायम गरिएको थियो । तर उक्त समयमा प्रमुख निर्वाचन अधिकृत टिकाजंग हमाल बिरामी भएर वेष्टर्न अस्पतालमा भर्ना भएपछि दोस्रो पटकका लागि पुन मतगणनाको समय तोकिएको छ ।

चिकित्सकको सल्लाह अनुसार हमाल तीन दिन अस्पतालमै बस्नुपर्ने भएको हु“दा तीन दिनपछि मात्रै मतगणना हुने सूचना निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

यसरी महासचिवको मतगणनाले संघको निर्वाचन प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । मतगणना स्थलमा सुरक्षाकर्मी तैनाथ भएर बस्नुपरेको छ । महासचिवको मतगणनाको बारेमा सबै पक्षका आ–आफ्ना दाबी छन् । महासचिव पदमा मतगणना विवादित भएसँगै बिहानैदेखि निर्वाचन समितिका पदाधिकारीहरु कार्यालयभित्रै थुनिएका थिए ।

बाहिर साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी प्यानलका व्यवसायीहरुले विरोध प्रदर्शन गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका नेता गोपाल अधिकारीले पुराना अभ्यासलाई मध्यनजर अन्य बूथका मत बदर नगरि गन्ने व्यवस्था मिलाउनुपर्ने बताए । त्यसपछि पुनः मतगणना हुने भएको छ ।

समावेशी प्यानलबाट उम्मेदवार रहेका भीमबहादुर रानाभाट र साझा प्रजातान्त्रिकको तर्फबाट टंक प्रसाद शर्मा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए ।

विजयी घोषणा भइसकेका रानाभाटले फुलमाला अबीर लगाइसकेपछि विवाद झिकिएको दाबी समावेशी प्यानलको दावी
छ । तर अर्को प्यानलले अन्य मत गणना गर्न बा“की छदै विजयी भएको स्वघोषणा गरिएको दाबी गरेका छन् ।

‘महासचिव पदमा निर्वाचन आयुक्तबाट विजयी घोषणा गरेर जुलुससहित घरमा पुगेका विजयी उम्मेदवारलाई पुनः बोलाएर मत गणना गर्नु पर्ने भयो भन्नु ठिक होइन,’ संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले भने ।

एउटा पक्षले आन्दोलन गरेकै भरमा पुन मतगणना गर्न लागिएको भन्दै अर्को उक्त प्रक्रियामा सहभागि नहुने सम्भावना पनि छ । त्यस्तो अवस्थामा बल्झिएको विवाद अदालतमा जाने सम्भावना देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार