बाँके ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर ढकेरी सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । पश्चिम रूकुमबाट नेपालगन्ज जाँदै गरेको मोटरसाइकल र कैलालीबाट दाङ जाँदै गरेको स्कारपियो ठोक्किदा दुर्घटना भएको हो ।
ढकेरी नजिकैको पुलमा दुई सवारी साधन ठोक्किदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएको ढकेरी प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक जनक कुसारी र अर्जुन कुसारी रहेका छन् ।
घाइतेमध्ये जनक सामान्य घाइते भएपनि अर्जुन भने गम्भीर घाइते भएको बताइएको छ । घाइते दुबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
स्कारपियो र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्