बाँकेको फत्तेपुरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



बाँके ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा मोटरसाइकलले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका–६ स्थित सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

ठक्करबाट राप्ती सोनारी–६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि नेपालगन्ज अस्पतालमा लैजादैगर्दा बाटोमै मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकललाई खोज्न जिल्ला डिएसपी डाँगीकै कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ । डिएसपीको नेतृत्वमा ट्राफिक प्रहरीका साथै मातहतका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार