21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

कोहलपुर खानेपानी चुनावः कांग्रेसबाट भुषालको नेतृत्वमा प्यानल घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ३, २०८०  

बाँके ।

कोहलपुरमा रहेको कोहलपुर बृहत् तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि नेपाली कांग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालनसहित उम्मेद्वारी घोषणा गरिएको छ ।

नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणासभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा वीरबहादुर बिष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सहसचिवमा ईश्वर शर्मा, सहकोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदीप शाह छन् ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जनतालाई सहजरुपमा खानेपानी उपलब्ध गराउनका लागि सक्षम नेतृत्व आवश्यकता परेको भन्दै भुषाल नेतृत्वको पूरै प्यालनलाई विजय गराउन सबैमा अनुरोध गरेका छन् ।

साथै उनले स्वच्छ, सफा र नियमितरुपमा खानेपानी कोहलपुरका जनताको घरदैलोमा पु¥याउन सक्षम युवा टिमलाई विजय गराउन कोहलपुर खानेपानीका उपोक्ताहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर खानेपानी संस्थाको टिमसँग स्थानीय सरकारले सहकार्य गरी कोहलपुरका जनतालाई स्वच्छ पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै टेक नारायण भुषाल नेतृत्वको टिमलाई निर्वाचित गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्माले नेपाली कांग्रेसले सर्वसम्मत निर्णय गरी तय गरेका उम्मेद्वारहरुलाई निर्वाचन गर्न सबैमा अनुरोध गरेका छन् । जनताको घरघरमा सहज, सरल तथा नियमित खानेपानी उपलब्ध, संस्थामा सुशासन, पारदर्शीताका लागि युवा टिमलाई निर्वाचित गराउन आम उपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस कोहलपुर नगर सभापति वीरेन्द्रकुमार शाहले कांग्रेसको तर्फबाट उम्मेद्वार बनेकाहरुलाई निर्वाचित गराउनका लागि पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक संस्थालगायत कोहलपुर नगरभित्रका आम खानेपानी संस्थाका उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।

कोहलपुर बृहत् खानेपानी तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार टेकनारायण भुुषालले कोहलपुर नगरभित्रको खानेपानीसम्बन्धीको दीर्घकालीन समस्या समाधानका लागि आफ्नो टिम लाग्ने बताउँदै जनतालाई सरल, सहज र नियमितरुपमा स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धतासहित आफ्नो टिमलाई निर्वाचित गराउनका लागि अनुरोध गरेका छन् ।

करिब ५२ सय उपभोक्ता भएको कोहलपुर बृहत् खानेपानी तथा उपभोक्ता संस्थाकोको निर्वाचन साउन महिनाभित्र हुने भएको छ ।

प्रकाशित मितिः बुधबार, साउन ३, २०८०     9:13:46 AM  |