नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले जथाभावी च्याउको सेवन नगर्न अपील गरेको छ । बिषालु च्याउको सेवनबाट सर्वसाधारण बिरामी पर्न थालेपछि प्रहरी यस्तो सूचना सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए ।
केही दिनअघि ठाकुरबाबा नगरपालिका–९ स्थित पतिराम थारुको घर नजिकै राखेको परालमा उम्रिएको च्याउ खाइ थारुसहित नौजना बिरामी भएका थिए । उपचारपछि घर फर्किए पनि यस्ता घटना घट्ने जोखिम यथावत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा बस्ने व्यक्तिहरु जंगली च्याउ खोज्न जाने र विषालु च्याउ खाएर बिरामी हुने घटनाहरु दिन प्रतिदिन बढ्न सक्ने सम्भावना औँल्याएको छ ।
विषालु च्याउ खाँदा स्वास्थ्यमा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै जंगली विषालु च्याउ नखान हुन तथा बिक्रीवितरण नगर्न अपील गरिएको छ ।
प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्