पृथक पहिचान बनाउन सफल तक्षशिला एकेडमी



कोहलपुर ।

विष्णु बेल्वासे अध्यक्ष, तक्षशिला एकेडमी कोहलपुरका मात्र नभइ पश्चिमका धेरै विद्यार्थी पढ्नकै लागि तक्षशिलामा आउँछन् ।

परम्परागत शिक्षण सिकाइभन्दा माथि उठेर सुविधा सम्पन्न पूर्वाधार र व्यवहारिक शिक्षालाई महŒव दिने गरी २०७३ सालमा कोहलपुर–१० मा स्थापना भएको तक्षशिला एकेडमीले २०७७ सालदेखि ‘प्लसटु’का कार्यक्रम सञ्चालन गर्दै आएको छ । व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा विद्यार्थीहरुको आकर्षण छ ।

कोहलपुरका मात्र नभइ पश्चिमका धेरै विद्यार्थी पढ्नकै लागि तक्षशिलामा आउने गरेको अध्यक्ष विष्णु बेल्वासे बताउँछन् ।

पृथक पहिचान बनाउन सकेका कारण विद्यार्थीको आकर्षण भएको उल्लेख गर्दै उनी भन्छन्, ‘उच्च शिक्षाका अध्ययनका लागि धेरै विद्यार्थीहरु उत्कृष्ट कलेज खोज्दै काठमाडौं जानुपर्ने अवस्थालाई देखेर हामीले तक्षशिला स्थापना गरेका हौं । एउटा पूर्वाधार सम्पन्न कलेजका रुपमा तक्षशिलालाई विकास गरिरहेका छौं ।’

तक्षशिलाले विद्यार्थीका लागि स्वीमिङ सञ्चालनमा ल्याएको छ भने मनोविज्ञानका कक्षालाई प्राथमिकतामा राखेको छ ।

विद्यार्थीलाई सैद्धान्तिक मात्र नभइ व्यवहारिक ज्ञानसमेत दिनका लागि अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गरिरहेको अध्यक्ष बेल्वासे बताउँछन् ।

आफूहरुले विद्यार्थी र अभिभावकबीचको अन्तरक्रियालाई प्राथमिकता दिँदै शैक्षिक गुणस्तरलाई बढाउने काम गरिरहेको उनी जनाउँछन् ।

अभिभावकको अपेक्षा, समय र विद्यार्थीको आवश्यकताअनुसारको शैक्षिक वातावरण निर्माण गर्ने अभियानमा तक्षशिला जिम्मेवारपूर्णरुपले शिक्षण सिकाइ गरिरहेको उनको भनाइ छ । तक्षशिला पश्चिम क्षेत्रको नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक सक्रिय छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार ३० गते शनिबार