नेपालगन्ज ।
पुराना कर्मचारीले अवकास पाएपछि कपास विकास समिति निमित्तको भरमा छ । स्वदेशमै कपडा उत्पादनको योजनासहित तत्कालीन सरकारले २०३७ सालमा बा“केको खजुरामा कपास विकास समिति स्थापना गरेको थियो । स्थापना यता अनेक उतारचडाब झेलेको समितिलाई आगामी आर्थिक वर्षको बजेटमा त खारेज गर्ने संस्थाको सूचीमा राखिएको थियो ।
समितिलाई खारेज गर्न नहुने आवाज उठिरहेकै बेला उक्त समितिका महाप्रबन्धक बुद्धबहादुर केसी र लामो समय कार्यरत कपास विकास अधिकृत विजयकुमार जोशीले केही दिन अघि अवकास पाए । उनीहरुले अवकास पाएपछि रामदेव शर्माले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । जिम्मेवारी पाए पनि उनलाई महŒवपूर्ण निर्णय गर्नेदेखि आर्थिकसम्बन्धी अख्तियारी छैन । जसका कारण महŒवपूर्ण काम हुन नसकेको शर्मा बताउ“छन् ।
‘किसानलाई कपासको बिउ दिने, विषादी वितरण गर्ने जस्ता काम यतिबेला गर्नुपथ्र्यो,’ उनले भने, ‘यि काम ठप्प त भएकै छन् नै फिल्डमा गएर केही बुझौं भनेर कतै जाउ भन्ने हो भने गाडीमा तेल हाल्ने व्यवस्थासमेत छैन ।’ यो समस्या चाडो समाधान हुने विश्वास गरिएको शर्माले बताए ।
बा“केमा कपास विकास समिति खडा गरी पश्चिम नेपालका कृषकलाई कपास उत्पादनमा आर्कषित गरेको थियो ।
त्यसरी उत्पादन भएको कपास प्रशोधनपछि बुटवलस्थित धागो उद्योगमा पुग्थ्यो र धागो बनाइन्थ्यो । बुटवलमा उत्पादित धागो फेरि हेटौडास्थित कपडा उद्योगमा लगेर कपडा उत्पादन गरिन्थ्यो । यि तीनवटै उद्योग एकअर्काका लागि परिपुरक थिए ।
स्वदेशमै कपडा उत्पादन गर्ने पञ्चायतकालको त्यो दीर्घकालीन सोच अहिले छिन्नभिन्न भएको छ । अनेक ठक्कर खाए पनि फेरि खुल्छ कि भन्ने आशा गरिएका यि उद्योग खारेजीमा परेका छन् । हाल सरकारको नीति तथा कार्यक्रममा हेटौडा कपडा उद्योग र बुटवल धागो उद्योग सञ्चालन गर्ने भने पनि बजेटमा केही उल्लेख गरिएन बरु बा“के कपास विकास समिति त नै खारेज गरियो ।
हाल कपास विकास समितिको अध्यक्ष रहेका हेमन्तराज काफ्लेका अनुसार कपास विकास समिति खारेज नहोस् भन्नका लागि सबै पक्षको ध्यानार्कषण गराइएको छ । उनी भन्छन्, ‘साउनसम्ममा केही न केही नतिजा आउला जस्तो छ ।’
प्रतिक्रिया दिनुहोस्