19 June 2024  |   बिहिबार, असार ७, २०८१

भैरहवाका लागि उडेका यती र बुद्धका जहाज मौसमका कारण अवतरणका लागि काठमाडौं फर्किदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

काठमाडौं

भैरहवाका लागि उडेका यति र बुद्धका जहाज मौसमका कारण काठमाडौं नै फर्किएका छन्। काठमाडौंबाट भैरहवाका लागि उडान भरेको बुद्ध एयरको जहाज भैरहवाको आकाशमा नै पुगेपछि अवतरणका लागि काठमाडौं नै फर्किरहेको छ।

यसैगरी काठमाडौंबाट भैरहवाका लागि उडेको यती एयरको जहाज पनि बीचबाट नै काठमाडौं फर्किएको छ।

मौसमका कारण भैरहवा विमानस्थल बन्द भएको छ। जसका कारण जहाज काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थल टावरले जनाएको छ।

पोखरा ३ वटा, भैरहवा २ वटा तुम्लिङटारको उडानसमेत रद्ध भएको बुद्ध एयरले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     8:17:49 PM  |