19 June 2024  |   बिहिबार, असार ७, २०८१

सशत्र प्रहरीमा खुल्यो ९३२ जवानका लागि जागिर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

काठमाडौं ।

सशस्त्र प्रहरीले रिक्त रहेका ९३२ पदमा आवेदन खुलाएको छ। सशस्त्र प्रहरी बलको जवान पदमा खुला समावेशी क्लस्टरका लागि आवेदन खुलाइएको छ।

योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आव्हान गरिएको उक्त विज्ञापनमा ५०२ जना खुलातर्फ खुला विज्ञापन खुलाइएको छ।

त्यस्तै सहिद तथा अशक्त सशस्त्र प्रहरीका सन्तानका लागि १९ जना, ८२ जना महिना, १३२ जना आदिवासी जनजाति, ११५ जना मधेसी, ६२ जना दलितका लागि खुला गरिएको छ। त्यस्तै २० जना पिछडिएको क्षेत्रका लागि विज्ञानपन खुलाइएको छ।

सशस्त्र प्रहरीको जवापन पदमा आवेदन दिनका लागि विज्ञापन प्रकाशित भएको मितिमा १८ वर्ष पूरा भएको तर २२ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै ८ कक्षा उत्तिर्ण भएको हुनुपर्ने छ।

असार २९ गतेदेखि साउन २८ गतेसम्म आवेदन बुझाउन सकिनेछ। त्यस्तै दोबर दस्तुर बुझाएर भदौ ३ गतेसम्म बुझाउन सकिनेछ।

ससश्त्र प्रहरीको प्रधान कार्यालयका साथै देशभर रहेका गणमा आवेदन बुझाउन सकिनेछ। देशभरका ७५ ठाउँमा रहेका यस्ता कार्यालयमा आवेदन बुझाउन सकिनेछ।

भदौ ११ गते सम्धन्धित कार्यालयमै परीक्षा हुने उल्लेख गरिएको छ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     9:38:31 AM  |