20 June 2024  |   बिहिबार, असार ७, २०८१

बर्दियाको बबई पुल नजिकै ट्र्याक्टर दुर्घटनाः एकको मृत्यु, एक गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

बर्दिया ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको बबई पुल नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

प्र २–०३–००१ त ४८९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका २६ वर्षीय मनबहादुर थारुको ज्यान गएको र वडा नम्बर–१ भुरिगाउँका योगेश थारु घाइते भएका इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

घाइते योगेश थारुलाई थप उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     8:57:02 AM  |