च्याउ टिप्न गएकी महिलामाथि बाघको आक्रमण



महेन्द्रनगर ।

च्याउन टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाइते भएकी छन्।

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन्।उनलाई बिहीबार साझँ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा बाघले आक्रमण गरेको हो।

उनलाई अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराइएको छ।

डगौंरासँगै १०-१२ जना महिला समूह च्याउ टिप्न गएका थिए। सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो।

आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ। यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार