१४ वर्षीया बालिका बलात्कारको आरोपमा ६६ वर्षीय रामफल पक्राउ



बर्दिया ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षीय रामफल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

राजापुर नगरपालिका—४ भिम्मापुर घर भई गेरुवा गाउॅपालिका—५ लक्ष्मीपुरस्थित छोरीको घर बस्दै आएका थारुलाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

थारुले ती बालिकालाई गत सोमबार साँझ जबर्जस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरीले कार्यालय, पाताभारले पक्राउ गरेको हो ।

थारुलाई अदालतबाट म्याद थप गर्न गुलरिया ल्याइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २८ गते बिहीबार