13 June 2024  |   शुक्रबार, असार १, २०८१

काँक्रेविहारको जङ्गलमा जरायो मार्ने पाँच जना प्रहरी नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २८, २०८०  

सुर्खेत ।

काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो ।

घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।

प्रकाशित मितिः बिहिबार, असार २८, २०८०     8:02:50 AM  |