सीतालाई श्रद्धान्जली दिन पेरिसडाँडा पुगे प्रीतम सिंह



काठमाडौं ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहाललाई अन्तिम श्रद्धान्जली दिन भारतीय व्यवसायी प्रीतम सिंह माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् ।

बुधबार बिहान निधन भएकी सीतालाई श्रद्धान्जलीसँगै प्रचण्डलाई समवेदना दिन सिंह पेरिसडाँडा पुगेका हुन् ।

सीताको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पेरिसडाँडामा रखिएको छ । श्रद्धान्जली दिन विभिन्न दलका नेतासँगै माओवादी कार्यकर्ता पेरिसडाँडा पुगेका छन् ।

केहीदिन अघि प्रीतम सिंहको पुस्तम विमोचनमा प्रचण्डले दिएको अभिव्यक्ति निकै विवादित भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार