19 June 2024  |   बिहिबार, असार ७, २०८१

सीता दाहालकाे राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २७, २०८०  

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।

दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले  बताए ।

मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए । लामाे समयदेखि बिरामी रहेकी दाहालकाे आज बिहान नर्भिक अस्पतालमा निधन भएकाे थियाे ।

 

प्रकाशित मितिः बुधबार, असार २७, २०८०     11:25:16 AM  |