प्रधानमन्त्री पत्नी सीताको निधनपछि नर्भिक अस्पतालमा शीर्ष नेताहरू



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि नर्भिक अस्पतालमा विभिन्न दलका शीर्ष नेताहरू पुगेका छन्।

प्रधानमन्त्री दाहाललाई समवेदना दिन बुधबार दलका शीर्ष नेताहरू र प्रधान सेनापति प्रभुराम शर्मालगायत पुगेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू आरजु राणा देउवा, नैनसिंह महरलगायत अस्पताल पुगेका छन्।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, सञ्चार मन्त्री रेखा शर्मालगायत पनि अस्पताल पुगेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अस्पताल पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायत पनि अस्पताल पुगेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ पनि अस्पताल पुगेकी छन्।

सीताको उपचारका क्रममा आज बिहान निधन भएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार