काठमाडौं ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली दिएका छन् ।
सभामुख घिमिरेले दाहालको निधनको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
सभामुखले भनेका छन्, “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)कि जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”
दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा आज निधन भएको हो । बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्