19 June 2024  |   बिहिबार, असार ७, २०८१

सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २७, २०८०  

काठमाडौं ।

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।

प्रकाशित मितिः बुधबार, असार २७, २०८०     9:49:40 AM  |