सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाडामा राखिने



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहालको निधन भएको छ । आज बिहान साढे ८ बजे सीताको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए ।

उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार