काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । मंगलबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने जटिल रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई मंगलबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार सीता दाहाललाई मंगलबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको हो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको डा. शर्माले जनाएका छन् ।
यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनलाई निको भएको थिएन ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्