काठमाडौं ।
यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले कम डाउन पेमेन्ट र ब्याज नलाग्ने स्कीममा मोटरसाइकल दिने भएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई ब्याज नलाग्ने स्कीममा कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।
मोटरसाइकलको बिक्रीमा आएको उच्च गिरावट आएसँगै सबै कम्पनीहरुले विभिन्न किसिमका स्कीम संचालनमा ल्याएका छन् । साथै, बजारमा मनसुन स्कीम समेत चलिरहेका छन् ।
यामाहाले आफ्ना ग्राहकलाई कम डाउन पमेन्ट स्कीममा पनि मोटरसाइकल उपलब्ध गराएको छ । कम्पनीले ३० प्रतिशतदेखि डाउन पेमेन्ट गर्ने ग्राहकलाई मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् ।
ग्राहकले ब्याज नलाग्ने स्कीममा मोटरसाइकल तथा स्कुटर खरिद गर्नका लागि ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी कर्जा रकम पनि केबल ६ किस्तामा तिर्नु पर्ने कम्पनीले जनाएको छ ।
एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस भी ३ कनेक्ट मोडलको मूल्य ३ लाख ९७ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
ब्याज नलाग्ने स्कीममा एफजेडएस भी ३ खरिद गर्दा १ लाख ९८ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । त्यति नै रकम कर्जा सुविधा लिन सकिन्छ । यसरी लिएको कर्जा ६ किस्तामा मासिक ३३ हजार १६० रुपैयाँको दरले तिर्नु पर्छ ।
यसका अलावा नामसारीका लागि लाग्ने १ हजार २०० रुपैयाँ र इन्स्योरेन्स बापतको ८ हजार ५०० रुपैयाँ पनि ग्राहकले समावेश गरिएको छ ।
यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पीएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।
यो मोटरसाइकलमा सिंगल च्यानल एबीएस, अल एलइी लाइट, दुबै ह्वीलमा डिस्क ब्रेक, अल डिजिटल क्लस्टर जस्ता फिचर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्