सरकारले तोक्यो धानको समर्थन मूल्य, अब कति?



काठमाडौं ।

सरकारले धानको समर्थन मूल्य तोकेको छ।

कृषि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ’, उनले भनिन्।

सरकारले गतवर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो।

गत आर्थिक वर्षको भन्दा अहिले तोकिएको समर्थन मूल्य २३१ रुपैयाँ बढी हो।

  • No tags available
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार