13 June 2024  |   शुक्रबार, असार १, २०८१

ओली बोल्दाबोल्दै बालकले माइक खोसेपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०  

काठमाडौँ ।

मंगलबार  ललितपुरमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै थिए । नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गरिरहेका बेला एक बालक एकाएक मञ्चमा पुगे ।

ती बच्चा मञ्चमा पुगेपछि ओलीले बोल्न रोकेर उनीतर्फ हात फैलाए । ती बालकलाई तानेर आफू छेवैमा राखेका ओलीले बोल्दै गरेको माइक खोसे र बोल्न थाले । बालकले माइक समातेर केहीबेर ‘फु..फु..’गरे ।

बालकले माइकमा बोलेको भने बुझिएन । बालक अझै बोल्न खोजेपछि ओली आफैले अर्को माइक तानेर मुखछेउमा लगिदिए । बालकले पुन: बोल्न खाेजे । तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालकलाई कसैले मञ्चबाट लग्यो ।

मञ्च छाड्नुअघि ओलीले बालकलाई भने, छोरी ( ओलीले छाेरी भनेपनि बच्चा छाेरा भएकाे खुलेकाे छ) अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालकले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले । उनले भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’ ती बालक कार्यक्रममा सहभागी हुन गएका एमाले कार्यकर्ता नील प्रसाद घिमिरेका छोरा भएको बुझिएको छ ।

राताेपाटीमा समाचार प्रकाशित भएपछि घिमिरेले बच्चा आफ्नो भएको बताए । उनले भने, ‘दर्शक दीर्घामा बाबुलाई सँगै राखेको थिए । म शौचालय गएको बेला बाबु मच्चमा सरासर गएछ ।’

प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०     7:04:02 PM  |