13 June 2024  |   शुक्रबार, असार १, २०८१

टिचिङ अस्पताल ल्याइयो मनाङ हेलिकप्‍टर दुर्घटनामा परेकाको शव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०  

काठमाडौं । 

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्‍टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ।

मंगलबार साँझ काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा शव ल्याइएको हो। अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौं ल्याइएको प्रहरी वृत्त महाराजगन्जका डिएसपी अंगुर जिसी बताए।

मंगलबार बिहान १० बजे सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। पछि हेलिकप्टर लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो।

हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक थिए। शव लिनलाई दुर्घटनास्थलमा हेलिकप्टर जान नसकेपछि गाडीमा राखेर भकञ्जेसम्म ल्याइएको थियो।

त्यहाँबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको हो।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०     6:57:55 PM  |