14 June 2024  |   शुक्रबार, असार १, २०८१

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०  

काठमाडौं ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको छ ।

आज (मंगलबार) सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

बेपत्ता हेलिकप्टर लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकोप्टरमा एक जना चालक र पाँच जना म्याक्सिकन नागरिक सवार थिए ।

उक्त हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार रहेको बताइएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको उद्धारका लागि दुर्घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले
बताए ।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०     1:49:54 PM  |