मनाङ एअरको हेलिकोप्टर दुर्घटना अपडेटः पाँच जनाको शव फेला



आज बिहान १० बजेबाट बेपत्ता भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको हो।

बिहान ९ : ५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो।

हेलिकप्टरमा पाइलटसहित ६ जना चढेका थिए। पाइलट भने नेपाली हुन्। उनको नाम चेत गुरुङ रहेको खुलेको छ। अन्य ५ जना यात्रु विदेशी रहेको बताइएको छ।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ। ५ जनाको शव भेटिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार