काठमाडौं ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलु दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।
सोलु दूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्वु शेर्पाका अनुसार हेलिकोप्टर दुई पालिकाको सिमाना क्षेत्रमा दुर्घटना भएको खबर स्थानीयले गराएको र घटनास्थलतर्फ प्रहरी गइरहेको छ। हेलिकोप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए।
दुर्घटना भएको हेलिकप्टरमा पाँचै जना यात्रु मेक्किकन नागरिक भएको खुलेको छ। सोलुखुम्बुबाट काठमाडौका लागि १० बजे उडेको हेलिकोप्टर लामाजुरा पुगेपछि सम्पर्कविहीन भएको थियो।
९ एन एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टरमा एक जना पाइलट र अन्य सबै मेक्सिकन नागरिक भएको पुष्टि भएको सोधु दूधकुण्डका प्रमुख शेर्पाले बताए।
हेलिकोप्टर उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
प्रतिक्रिया दिनुहोस्