पाइलटले लुक्ला इन्चार्जसँग भाइबरमा फोन गरेलगत्तै हेलिकप्टर सम्पर्कविहीन



सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्।

सम्पर्कविहीन हुनुभन्दा केही अगाडि लुक्ला एयरपोर्टका इन्चार्जसँग पाइलटले भाइबरमा कुराकानी गरेका थिए। त्यसलगत्तै सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्ध निर्देशक राजु न्यौपानेले जानकारी दिए।

‘इन्चार्जले पाइलटसँग पछि सम्पर्क गर्न खोज्दा सम्पर्क भएन र सिधा काठमाडौं आउनुपर्ने जहाज अहिलेसम्म सम्पर्कमा आएको छैन,’ न्यौपानेले भने।

उनका अनुसार ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार