सम्पर्कविहीन भएको हेलिकप्टर खोज्न अल्टिच्युटको हेलिकप्टर पठाइयो



काठमाडौं ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएपछि त्यसको खोजिका लागि अल्टिच्युट एयरको हेलिकोप्टर सोलुखुम्बु पठाइएको छ।

अल्टिच्युट एयरका अनुसार सम्पर्कविहीन भएको हेलिकोप्टर खोजी गर्नका लागि काठमाडौंबाट हेलिकोप्टर गएको हो।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईका अनुसार पाइलटसँग अन्तिमपटक १० बजेर १३ मिनेटमा सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन सकेको छैन। हेलिकोप्टरमा एक पाइटल र पाँच विदेशी नागरिक सवार छन्।

  • No tags available
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार