सम्पर्कविहीन मनाङ एयरः उडेको आठ मिनेटमा सम्पर्क टुटेको थियो, रेस्क्युको तयारी हुँदै



काठमाडौं ।

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १३ मिनेटबाट सम्पर्कविहीन भएको उनले बताए ।

“उडेको आठ मिनेटपछि हेलिकोप्टर एटीसीसँग सम्पर्कविहीन भएको हो,” प्रवक्ता सिटौलाले भने, “रेस्क्यु अपरेसनका लागि हामी तयारी गरिरहेका छौँ । केही छिनमै रेक्यु सुरु हुनेछ ।”

  • No tags available
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार