13 June 2024  |   शुक्रबार, असार १, २०८१

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०  

काठमाडौँ ।

सोलुखुम्बुबाट काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना यात्रु थिए ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०     11:27:23 AM  |