20 June 2024  |   बिहिबार, असार ७, २०८१

दिल्लीमा एकाबिहानै भयानक दुर्घटना, ६ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०  

नयाँदिल्ली ।

उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कुल बस र कार एक अापसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ ।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०     8:57:22 AM  |