नेपालगन्ज ।
बाँकेको राप्ती सोनारी गाउँपालिका ३ नवलपुरमा रोड पिच गर्ने क्रममा अलकत्रा राखिरहेको ट्यांकरमा आगलागी भएको छ । बा १ ग ३६४१ नम्बरको ट्यांकरमा सोमबार साँझ आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार उक्त पालिकाको वडा नं. ३ स्थित नवलपुरको रोडमा पिच गर्ने क्रममा ट्यांकरमा अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्यांकरलाई चालक राम बहादुर खड्काले चलाएका थिए ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्