बाँके ।
कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकैं एक पुरूष मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अन्दाजी ६०/६५ वर्षीय पुरूष सोमबार साँझ बसपार्क नजिकै सडक छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक कोहलपुर किरणनाला घर भएका बीर बहादुर बुढा रहेको स्थानीय प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पु¥याएर शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्