14 June 2024  |   शुक्रबार, असार १, २०८१

मुख्यमन्त्री चौधरीद्वारा क्षेत्रीय कार्यालय अवलोकन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २५, २०८०  

कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को कार्यालय अवोलकन गरेका छन् । कोहलपुरमा रहेको उक्त कार्यालय उनले सोमबार अवलोकन गरेका हुन् ।

उक्त अवसरमा यहाँको विकास निर्माणका योजना साथै समग्र क्षेत्रको विकासका लागि गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले जनाए । बजेटमा नपरेका तर यसै आर्थिक वर्षभित्र गर्नै पर्ने अतिआवश्यक कामहरूलाई बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्रीको प्रतिबद्धताबमोजिम यस क्षेत्रको समग्र विकासका लागि आवश्यकता र मागबमोजिम बजेटको व्यवस्थापन हुने अपेक्षा गरिएको क्षेत्रीय सभापति केसीले जनाए ।

प्रकाशित मितिः सोमवार, असार २५, २०८०     7:47:32 PM  |