काठमाडौँ ।
माल्टामा पठाई दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन् ।
उनले संजय गिरीबाट माल्टा पठाइदिने भन्दै पैसा लिएका थिए । उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । उनी काठमाडौँको तार्केश्वर नगरपालिका फुटुङमा बस्थिन् ।
प्रकाशित मिति : २०८० असार २५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्