बाँसघारीमा १७ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ



झापा ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धनकुमार लिम्बु रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडि बाँसघारीमा लगि जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २५ गते सोमबार