४ वर्षीया बालिकालाई बलात्कारपछि गर्भपतन, अदालतले सुनायो साढे १८ वर्ष कैद सजाय



दमौली ।

१४ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेर गर्भपतन समेत गराउन लगाएका अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे १८ वर्षको कैद सजाय सुनाएको छ।

तनहुँ जिल्ला अदालतले आइतबार जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष ६ महिना कैद फैसला सुनाएको हो।

जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको छ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। अदालतले कुँवरलाई रु ६ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ।

निज अभियुक्त विरुद्ध वि.सं २०७८ असार ८ गते तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो। १४ वर्षीया बालिकालाई  २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो।

अभियुक्तले बालिकालाई पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० असार २४ गते आइतबार