बाँके ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–ढकेरी सडक खण्डको भालुखोला नजिकैं ट्रक र एम्बुलेन्स ठोक्किएका छन् ।
आइतबार दिउँसो भालुखोला नजिकै ट्रक र एम्बुलेन्स ठोक्किदा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा परेर एम्बलेन्स चालक घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्